झिनो अङ्कले वृद्धि हुँदा नेप्सेमा सर्वाधिक कारोबार भएका कम्पनीहरु कुन कुन हुन् ?

 


ज्ञानमाण्डू। साताको दोस्रो कारोबारी दिन धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक निकै सानो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शुन्य दशमलव २७ अंकले बढेर २९४७ दशमलव ६९ को विन्दुमा कायम भएको छ । सोमबार नेप्से परिसूचक शुन्य दशमलव २७ अंकले बढ्दा धितोपत्र बजारमा ०.०१ प्रतिशतको वृद्धि आएको छ।

आज कूल २२६ कम्पनीका १ करोड ५६ लाख ८१ हजार १८४ कित्ता शेयर रु ९ अर्ब २९ करोड ५ लाख ५४ हजार १५५ रुपैँयामा खरिद बिक्री भए । आजको कारोबार पश्चात कुल बजार पुँजीकरण ४१ खर्ब २५ अर्ब ४६ करोड ८६ लाख ४० हजार हाराहारी पुगेको छ।

सोमबार कारोबार भएका कूल १३ उपसमूह मध्ये ६ उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह १६ दशमलव ८१ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह २९ दशमलव ५३ अङ्कले, होटल तथा पर्यटन उपसमूह ४ दशमलव १३ अङ्कले, विकास बैंक उपसमूह ४.३५ अङ्कले, वित्त उपसमूह २.५ अङ्कले, निर्जीवन बीमा १९८.८६ अङ्कले र जीवन बीमा ८५.८४ अङ्कले बढेको छ । यता, जलविद्युत उपसमूह ९०.५६ अङ्कले घट्दा उत्पादन उपसमूह ९३.८ अङ्कले, अन्य उपसमूह ८.१७ अङ्कले, लघुवित्त उपसमूह ३१.०४ अङ्कले, सामूहिक लगनी कोष शुन्य अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ६४ अङ्कले घटेको छ । यस दिन, सबैभन्दा धेरै निर्जीवन बीमा उपसमूह १.४८ प्रतिशतले बढेको छ भने सबैभन्दा ठुलो गिरावट जलविद्युत उपसमूहमा देखिएको छ । आज जलविद्युत उपसमूह २.५४ प्रतिशतले घटेको छ। 

साताको दोस्रो कारोबारी दिन धितोपत्र बजारमा सानो बढोत्तरी हुँदा आरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ६१ करोड ९३ लाख ५० हजार ७ सय ९३ रूपैयाँ बराबरको कारोबार भएको छ भने कम्पनीको शेयरमूल्य धितोपत्र बजारमा ४.११% ले घटेको छ।

त्यसैगरी, सबैभन्दा बढी कारोबार भएको अर्को कम्पनी युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको पनि ४७ करोड ८७ लाख ७४ हजार ५ सय ८३ रूपैयाँ १ पैसा बराबरको कारोबार भएको छ भने कम्पनीको शेयरमूल्य धितोपत्र बजारमा ४.४४% ले घटेको छ। यता, नेशनल हाइड्रोपावर कम्पनीको ३४ करोड माथिको, नबिल बैंकको ३० करोड माथिको, अपि पावरको २८ करोड माथिको, एनआईसी एशिया बैंकको २७ करोड माथिको, रैराङ्ग हाइड्रोपावरको २३ करोड माथिको र अरुण काबेली हाइड्रोपावरको २० करोड रूपैयाँ कारोबार भएको छ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x