सुनको मूल्यमा गिरावट आउँदा चाँदीको मूल्य कति ?



ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुइँ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदाै १७ गते, बिहीबारका दिन छापावाला सुनको मूल्य तोलाको ९० हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँ तोकिएको छ।

अघिल्लो कारोबारी दिन अर्थात बुधबार भदाै १६ गतेका दिन, छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य भने सामान्य रकमले उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ०५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन बुधबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १० रुपैयाँले बढेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x