१३ औँ साग: सक्षमको जितसँगै साग वरीयता नेपालको स्वर्ण सङ्ख्या १००

ज्ञानमाण्डू । १३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत तेक्वान्दोमा नेपालका सक्षम कार्कीले स्वर्ण जितेका छन् ।सातदोबाटो स्थित तेक्वान्दो हलमा पुरुष ग्यारोगीको ८७ केजी तौल समूहमा सक्षमले पाकिस्तानी खेलाडीलाई हराएर स्वर्ण जितेका हुन् ।

बुधवार सक्षमले पाकिस्तानका वकर अलि शाहलाई फाइनलमा २७-९ ले हराउँदै, नेपालका लागि ९ औँ स्वर्ण जितेका हुन् ।सक्षमले श्रीलंकन खेलाडीलाई हराउँदै फाइनलमा पुगेका थिए ।सोही प्रतिस्पर्धा, भारत र श्रीलङ्काका खेलाडीले कांस्य जितेका छन् ।

सक्षमले स्वर्ण जितेसँगै साग खेलकुदको इतिहासमा नेपालको स्वर्ण सङ्ख्या १०० पुगेको छ ।घरेलु भूमिमा जारी १३ औँ सागमा सक्षमले नेपालका लागि यो २९ औँ स्वर्ण जितेका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x