धितोपत्र बजारमा ७१.४३ अंकको वृद्धि, नेप्से परिसूचक २९४७.४२ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७१ दशमलव ४३ अंकले बढेर २९४७ दशमलव ४२ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १३ दशमलव ०३ अंकले बढेर ५४८ दशमलव २९ को विन्दुमा पुगेको छ ।



आज कूल २३१ कम्पनीका १ करोड ७१ लाख ०० हजार ३३३ कित्ता शेयर रु ९ अर्ब ४४ करोड ०० लाख ३५ हजार २४३ मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूह मध्ये एक उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह २४ दशमलव २ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह ४२ अङ्कले, होटल तथा पर्यटन उपसमूह ७७.४८ अङ्कले, विकास बैंक उपसमूह २७३.५२ अङ्कले, जलविद्युत उपसमूह २१३.५४ अङ्कले, वित्त उपसमूह ११४.९७ अङ्कले, निर्जीवन बीमा ४२४.७७ अङ्कले, उत्पादन उपसमूह २९९.६९ अङ्कले, अन्य उपसमूह १८.२२ अङ्कले, लघुवित्त उपसमूह ११३.६५ अङ्कले, जीवन बीमा २९७.७१ अङ्कले र लगानी उपसमूह २.३५ अङ्कले बढेको छ । यता, सामूहिक लगनी कोष शुन्य दशमलव ०५ अङ्कले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x