बिजबजारको Authorized Business Partner मा साइन्टिफिक विजनेश हव

scientific business hub, bizbazar

ज्ञानमाण्डू। जे चाहिन्छ, त्यो पाइन्छ भन्ने नाराका साथ भर्खरै सञ्चालनमा आएको बिजबजार इकमर्स प्लेट फर्मको बागमती विशेष प्रदेश (काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाहरू) को Authorized Business Partner मा साइन्टिफिक विजनेश हव प्रा.लि. नियुक्त भएको छ । यस सम्बन्धी सम्झौता पत्रमा बिजबजार र साइन्टिफिक विजनेश हव प्रा.लि. बीच हालै हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा बिजबजारका तर्फबाट फ्रेन्चाइज डिस्ट्रीब्यूशन अफिसर चिन्तामणि शर्मा र साइन्टिफिक विजनेश हवका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उत्सव ढकालले हस्ताक्षर गर्नुभएको छ । यस क्षेत्रमा साइन्टिफिक विजनेश हव प्रा.लि. ले बिजबजारको व्यापार विस्तार तथा व्यापारिक रणनीतिक साझेदारकाे रूपमा काम गर्ने छ । बिजबजारले देशका ७७ वटै जिल्लाहरूबाट आफ्नो सेवा प्रवाह गर्ने उद्देश्यका साथ सातै प्रदेशमा आफ्ना Authorized Business Partner हरू नियुक्त गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
100.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x