धितोपत्र बजारमा ०.२७ अंकको वृद्धि, नेप्से परिसूचक २९४७.७० को विन्दुमा

 

ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक एकल अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शुन्य दशमलव २७ अंकले बढेर २९४७ दशमलव ७० को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक शुन्य दशमलव ५५ अंकले बढेर ५४८ दशमलव ८७ को विन्दुमा पुगेको छ ।


आज कूल २२६ कम्पनीका १ करोड ५६ लाख ८१ हजार १८४ कित्ता शेयर रु ९ अर्ब २९ करोड ०५ लाख ५४ हजार १५५ मा खरिद बिक्री भए ।



कारोबार भएका कूल १३ उपसमूह मध्ये छ उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह १६ दशमलव ८१ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह २९ दशमलव ५३ अङ्कले, होटल तथा पर्यटन उपसमूह ४ दशमलव १३ अङ्कले, विकास बैंक उपसमूह ४.३५ अङ्कले, वित्त उपसमूह २.५ अङ्कले, निर्जीवन बीमा १९८.८६ अङ्कले र जीवन बीमा ८५.८४ अङ्कले बढेको छ । यता, जलविद्युत उपसमूह ९०.५६ अङ्कले घट्दा उत्पादन उपसमूह ९३.८ अङ्कले, अन्य उपसमूह ८.१७ अङ्कले, लघुवित्त उपसमूह ३१.०४ अङ्कले, सामूहिक लगनी कोष शुन्य अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ६४ अङ्कले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x