कोरोना भाइरस नियन्त्रणमा चीन छिट्टै सफल हुनेमा अमेरिका विश्वस्त : ट्रम्प

ज्ञानमाण्डू।चीनमा प्रकोपका रूपमा देखिएको कोरोना भाइरस नियन्त्रण प्रयासमा चीनले छिट्टै सफलता पाउनेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफू विश्वस्त रहेको बताएका छन् । 

चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको टेलिफोन वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरस नियन्त्रणका लागि चीनले अपनाएका उपायबाट छिट्टै भाइरस सङ्क्रमण नियन्त्रणमा सफलता मिल्ने बताएका हुन् । 

चीनमा देखिएको कोरोना भाइरस महामारीले विश्वलाई चिन्तित तुल्याएको भन्दै यसको सामना गर्ने चीनको क्षमताप्रति अमेरिकी राष्ट्रपति ट्रम्प ‘विश्वास’ व्यक्त गरेको कुरा ह्वाइट हाउसले शुक्रबार एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । 

“फोनवार्तामा दुई नेताबीच आपसीरूपमा सूचनाको बढीभन्दा बढी आदानप्रदान र आवश्यकता अनुसार अन्य बिषयमा पनि समन्वय जारी राख्न सहमत हुनुभएको थियो,” विज्ञप्तिमा भनिएको छ । चिनियाँ राज्य सञ्चालित सञ्चारमाध्यमहरूमा दुई नेताबीच टेलिफोन वार्ता भएको सार्वजनिक भएपछि ह्वाइट हाउसले पनि यसबारे जानकारी गराएको हो । 

उक्त अवसरमा उनीहरूले संयुक्त राज्य अमेरिका र चीनबीच हालै सम्पन्न पहिलो चरणको व्यापार सम्झौताबारे पनि छलफल भएको थियो । उनीहरूले व्यापार सम्झौता चीन र अमेरिकाबीचको उल्लेख्य उपलब्धिहरू भएको भन्दै यसलाई कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त भएको थियो ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x