लगानीकर्ताको नजरमा नबिल बैङ्क किन सधैँ "ब्लु चिप स्टक" ?

Nabil Bank

ज्ञानमाण्डू। कुनै पनि कम्पनीमा लगानी गरे पश्चात लगानीकर्ताले दुई प्रकारका लाभको अपेक्षा गरेका हुन्छन् । अल्पकालीन लगानीकर्ताले पुँजीगत लाभमा विश्वास गर्दछन् भने दीर्घकालीन लगानीकर्ताले कम्पनीले दिने प्रतिफलमा विश्वास गर्ने गर्दछन् ।

विगत लामो समय देखि निरन्तर आकर्षक लाभांश वितरण गर्दै आएको नबिल बैङ्क धेरै शेयर लगानीकर्ताहरूको प्रमुख रोजाइमा पर्ने बैङ्क बन्न सफल भएको छ । आर्थिक वर्ष ७६/७७ मा नबिल बैङ्कले वाणिज्य बैङ्कहरू मध्य सबै भन्दा धेरै ३५.२६ प्रतिशत लाभांश दिएको थियो भने दोस्रो सबै भन्दा धेरै लाभांश दिने वाणिज्य बैङ्कले २० प्रतिशत मात्र लाभांश दिएको थियो ।

आर्थिक वर्ष २०६७/६८ देखि आर्थिक वर्ष ७६/७७ सम्म नबिल बैङ्कले प्रदान गरेको लाभांशलाई हेर्दा बैङ्कले निरन्तर आकर्षक लाभांश शेयर धनीलाई दिँदै आएको देख्न सकिन्छ । १० वर्षको अवधिमा नबिल बैङ्कले २१२.५ प्रतिशत बोनस शेयर र २४०.६०२ प्रतिशत नगद लाभांश गरी जम्मा ४५३ दशमलव १०२ प्रतिशत लाभांश दिएको छ।

आर्थिक वर्ष ७७/७८ को तेस्रो त्रैमासलाई आधार मान्दा वाणिज्य बैङ्कहरू मध्ये नबिल बैङ्कले आफ्ना शेयर धनीहरूलाई सर्वाधिक ३७ प्रतिशत सम्म लाभांश दिन सक्ने क्षमता राख्ने देखिन्छ अर्थात् नबिल बैङ्कको चैत्र मसान्तसम्मको ३ अर्ब ८० करोड वितरणयोग्य मुनाफालाई वार्षिककरण गर्दा नबिल बैङ्कले आफ्ना शेयर धनीहरूलाई ३७ प्रतिशत सम्म लाभांश दिन सक्ने देखिन्छ । त्यस्तै २७ वटा वाणिज्य बैङ्कहरू मध्ये नबिल बैङ्कले ९ महिनाको अवधि (आर्थिक वर्ष ७७/७८को तेस्रो त्रैमाससम्म) मा सर्वाधिक ३ अर्ब ६७ करोड खुद मुनाफा कमाएको छ। प्रति शेयर वितरणयोग्य मुनाफा सर्वाधिक भएको हुँदा बैङ्कले यस पटक पनि अन्य बैङ्कहरू भन्दा धेरै लाभांश दिन सक्ने आकलन गर्न सकिन्छ।

Disclaimer: This analysis done from the publicly available data is for educational purpose only. Contents of this post is strictly prohibited for Stock Trading purpose.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x