बैंकिङ्ग प्रणालीमा तरलता प्रवाह गर्न रिपो मार्फत रु. ३००० करोड बजारमा पठाउँदै राष्ट्र बैङ्क


ज्ञानमाण्डू।  नेपाल राष्ट्र बैंकले मिति २०७८ साल असोज ७ गते रु.३० अर्ब बराबरको ७ दिन अवधिको लागि रिपो जारी गर्ने भएको छ। केही साता देखि बैंकिङ्ग प्रणालीमा तरलता व्यवस्थापनमा समस्या हुँदै गएकाले राष्ट्र बैंकले बोलकबोल माध्यमबाट रु.३००० करोड बराबरको रिपो जारी गरेर बैंकिङ्ग प्रणालीमा तरलता प्रवाह गर्न लागेको हो। राष्ट्र बैंकले यस अघि मिति २०७८ साल भाद्र ३१ गतेका दिन पनि १४ दिन अवधिको लागि रु.२००० करोड बराबरको रिपो जारी गरेको थियो जुन आउँदो साता अर्थात् असोज १४ गते परिपक्क हुँदै छ ।

आज बोलकबोलमार्फत जारी हुने रिपो असोज १४ गते परिपक्व हुनेछ।यस उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकको इजाजतप्राप्त "क", "ख" र "ग" वर्गका बैंक वित्तिय संस्थाहरुले भाग लिन पाउनेछन् भने भाग लिने बैंक वित्तिय संस्थाहरुले नेपाल राष्ट्र बैंक सँग अनिवार्य रुपमा माष्टर रिपर्चेज एग्रीमेण्ट (Master Repurchage Agreement) गरेको हुनुपर्ने केन्द्रिय बैंकले जानकारी दिएको छ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x