बिहिबार दुई कम्पनीले गरे आकर्षक लाभांश प्रस्ताव


ज्ञानमाण्डू। बिहिबार दुई लघुवित्त कम्पनीहरुले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेका छन्। बिहिबार गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड र नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हुन्।

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको कात्तिक १० गते बसेको सञ्चालक समितिको बैठकले आ. व. २०७७/०७८ सम्मको मुनाफाबाट हाल कायम चुक्ता पूँजी १२ करोड ७३ लाख ५६ हजार ७५० रुपैयाँको १९ प्रतिशतले हुन आउने २ करोड ४१ लाख ९७ हजार ७८२ रुपैयाँ ५० पैसा बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ १ प्रतिशतले हुन आउने १२ लाख ७३ हजार ५६७ रुपैँया ५० पैसा बराबरको नगद लाभांश गरी कुल २० प्रतिशत, लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने गणपति वित्तिय संस्था लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको तुलनामा बढेको हो । आर्थिक वर्ष २०७६/७७ मा गणपति लघुवित वित्तिय संस्था लिमिटेडले १५ प्रतिशतले हुन आउने बोनस शेयर तथा सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशतले हुन आउने नगद लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो ।

त्यसैगरी, नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको कात्तिक १० गते बसेको सञ्चालक समितिको बैठकले आ. व. २०७७/०७८ सम्मको मुनाफाबाट हाल कायम चुक्ता पूँजी ४० करोड ४८ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने ८ करोड ९ लाख ६० हजार रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ १.०५३ प्रतिशतले हुन आउने ४२ लाख ६१ हजार ५२ रुपैँया ६३ पैसा बराबरको नगद लाभांश गरी कुल २१.०५३ प्रतिशत, लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने नाडेप वित्तिय संस्था लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको तुलनामा बढेको हो । आर्थिक वर्ष २०७६/७७ मा नाडेप लघुवित वित्तिय संस्था लिमिटेडले १० प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x