मिर्मिरे लघुवित्तको नाफा ६ करोड माथि, प्रतिशेयर आम्दानी कति ?

mirmire laghubitta

ज्ञानमाण्डू। मिर्मिरे लघुवित्तको नाफा १९३.३३ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को पहिलाे त्रैमास सम्ममा लघुवित्तले २ करोड १७ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलाे त्रैमास सम्ममा लघुवित्तले ६ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

४३ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको मिर्मिरे लघुवित्तले २ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब ११ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै मिर्मिरे लघुवित्तले ५ अर्ब ४६ करोड रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा ४१ करोड १७ लाख रुपैयाँ रहेको छ ।

मिर्मिरे लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ११५.७१ प्रतिशतले बढेर १३ करोड ३३ लाख रुपैयाँ पुगेकाे छ । लघुवित्तमा निष्कृय कर्जा अनुपात २ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ५८ रुपैयाँ ६२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ ६५ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू १५८० काे आधारमा मूल्य आम्दानी अनुपात २६.९५ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x