ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कार्तिक १५ गते, साेमबारका दिन छापावाला सुनको मूल्य तोलाको ९१ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ तोकिएको छ ।
अघिल्लो कारोबारी दिन अर्थात अईतबार कार्तिक १४ गतेका दिन, छापावाला सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
साेमबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन अईतबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ५ रुपैयाँले बढेको देख्न सकिन्छ ।