धितोपत्र बजारमा गिरावट, नेप्से २८१९.८७ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव ७५ अंकले घटेर २८१९ दशमलव ८७ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ८८ अंकले घटेर ५२८ दशमलव ५८ को विन्दुमा पुगेको छ ।
 

आज कूल २२६ कम्पनीका १ करोड ३४ लाख ०३ हजार ३१२ कित्ता शेयर रु ७ अर्ब ७७ करोड ७५ लाख १० हजार ७७७ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये बैंकिङ उपसमूह ४.६९ अङ्कले, होटल तथा पर्यटन उपसमूह ७.७९ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ३५ अङ्कले बढेका छन् । यता, ट्रेडिङ उपसमूह ४२ दशमलव ८४ अङ्कले घट्दा विकास बैंक उपसमूह ४२ दशमलव ४९ अङ्कले, जलविद्युत ७४.१९ अङ्कले, वित्त उपसमूह ४३.८५ अङ्कले, निर्जीवन बीमा ५४.५९ अङ्कले, उत्पादन उपसमूह १२०.५६ अङ्कले, अन्य उपसमूह २६.४२ अङ्कले, लघुवित्त उपसमूह ९१.३२ अङ्कले, जीवन बीमा ११५.७५ अङ्कले र सामूहिक लागनी कोष शुन्य दशमलव १२ अङ्कले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x