प्रभु बैंक लिमिटेड र सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टर प्रा. लि.का बिच आकर्षक छुट गर्ने सम्झौता

 

ज्ञानमाण्डू। प्रभु बैंक लिमिटेड र पोखरा स्थित सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टर प्रा. लि. बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट पोखरा शाखा कार्यालय प्रमुख पुष्कर शेरचन र सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टर प्रा. लि.का तर्फबाट अध्यक्ष गोकर्ण कार्कीद्घारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । प्रभु बैंक र उक्त जिम सेन्टर बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टर प्रा. लि.द्धारा सञ्चालित सेवाहरुमा तल उल्लेखित छुट प्राप्त हुने बैंकले जनाएकाे छ । (सदस्यता शुल्क फेरबदल हुनसक्ने सम्भावना जानकारी गराउँदछौ)

उक्त सम्झौता अन्तर्गत सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टर प्रा. लि.मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टर प्रा. लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको बैंकले जनाएकाे । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x