ग्लोबल आइएमईको डिजिटल बैंकिङ्गसम्बन्धी देशव्यापी साक्षरता अभियानको १७५ औँ कार्यक्रम सम्पन्न

ज्ञानमाण्डू। ग्लोबल आइएमई बैङ्क लिमिटेडले डिजिटल बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियानअन्तर्गत १७५ भन्दा बढी डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।


सातै प्रदेशका गाउँदेखि सहर सम्म डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रमहरू आयोजना गर्ने लक्षसहित सुरु भएको अभियानले हालसम्म ७ वटै प्रदेशमा १७५ भन्दा बढी डिजिटल बैंंकिङ्ग साक्षरता कार्यक्रमहरू आयोजना गरिसकेको बैङ्कले जानकारी दिएको छ ।


बैङ्कले प्रदेश १ मा २९ वटा, प्रदेश २ मा १७ वटा, बागमती प्रदेशमा २१ वटा, गण्डकी प्रदेशमा २४ वटा, लुम्बिनी प्रदेशमा ५४ वटा, कर्णाली प्रदेशमा ८ वटा र सुदूरपश्चिम प्रदेशमा २२ वटा कार्यक्रमहरू सञ्चालन गरिसकेको बैङ्कले उल्लेख गरेको छ । उक्त अभियान आगामी हप्ता कर्णाली र काठमाडौँ उपत्यकामा थप कार्यक्रमहरू सञ्चालन गरी समापन गरिने बैङ्कले थप उल्लेख गरेको छ ।

यस्ता साक्षरता कार्यक्रमहरू आयोजना गरी बैङ्कले बैंकिङ्ग सेवा कम समयमै छिटो तथा छरितो र घरमै बसेर पनि सेवा लिन पाउने सहजताको लागि यस्ता कार्यक्रमहरू देशव्यापी अभियानको रूपमा चलाएको बताएको छ ।



स्थानीय तहसम्मै डिजिटल वित्तीय चेतना तथा पहुँच पुर्‍याउने उद्देश्यका साथ यस अभियानका लागि बैङ्कले ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा कार्यालय, केन्द्रीय र प्रादेशिक कार्यालयलाई समेत परिचालन गरी ग्राहक तथा स्थानीयवासी लाभान्वित बनाएको उल्लेख गरेको छ ।

आजको समयमा डिजिटल बैंकिङ्ग अपरिहार्य रहेको तथा मूलधारका वित्तीय माध्यमहरूलाई डिजिटल माध्यमले विस्थापित गर्दै जाने हुनाले डिजिटल बैंकिङ्गको प्रयोग र यसका फाइदाहरूको बारेमा सर्वसाधारणसमक्ष जानकारी पुर्‍याउनु जरुरी रहेको बैङ्कले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x