सार्वजनिक शौचालय निर्माणका लागि अध्ययन

ज्ञानमाण्डू। काठमाडौँ महानगरपालिकामा अन्तर्राष्ट्रिय गुणस्तर र सुविधायुक्त सार्वजनिक शौचालय निर्माण गर्नका लागि आवासीय नेपाली सङ्घले अध्ययन गरेको छ । पहिलो चरणमा कलङ्की, बालाजु, राष्ट्रपति कार्यालय अगाडि, जयवागेश्वरी सिफल चौर, कोटेश्वर र स्वयम्भू परिक्रमा मार्गको अध्ययन सकिएको सङ्घले जनाएको छ ।

सङ्घले स्थानको पहिचान र आवश्यकता हेरी अन्यत्र पनि अध्ययन गर्ने बताएको छ । विगत पाँच वर्षदेखि सार्वजनिक शौचालय निर्माणको प्रक्रियामा महानगरपालिका रहेको भए पनि हालसम्म काम अघि बढ्न सकेको छैन । महानगरको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले शौचालय निर्माण र यसको दिगो सञ्चालन कसरी गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिई निर्माण कार्य अघि बढाइने जानकारी दिए । 

एउटाले शौचालय बनाउने अर्कोले चलाउने कुरालाई महानगरले अब स्वीकार नगर्ने जानकारी गराउँदै उपाध्यक्ष बस्नेतले, शौचालय निर्माण गर्दा त्यहाँ उपलब्ध हुने सुविधा र त्यहाँबाट उत्पादन भएको तरल फोहर व्यवस्थापनको पूर्ण योजना भएपछि मात्र काम अगाडि बढाउन मिल्ने जनाए।

बाल मैत्री र अपाङ्ग मैत्री शौचालय निर्माण गरिने:
सङ्घले ल्याएको प्रस्तावमा शौचालय ४० फिट लम्बाइ र १६ फिट चौडाइको हुनेछ । यसभित्र पुरुषका लागि पिसाब गर्ने तीन युरिनल र दुई शौचालय हुनेछन् । त्यस्तै महिलाका स्यानिटरी प्याडको पनि व्यवस्थापन गर्न सक्ने गरी चार र अपाङ्गता भएका व्यक्तिका लागि एउटा शौचालय हुनेछ । 

त्यस्तै बच्चालाई प्याड फेराउने र स्तनपान गराउने ठाउँको पनि प्रबन्ध गरिनेछ । प्रति घण्टा १०० व्यक्तिले प्रयोग गर्ने आँकलन गरी यस प्रकारको शौचालयको ढाँचा अघि सारिएको हो । हाल महानगरपालिकामा २८ सार्वजनिक शौचालय रहेका छन् । प्रयोगमा रहेकामा पनि अत्यावश्यक सामग्री साबुन र पानीसम्म राखेको पाइँदैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x