लेवान्डोस्कीको दुई गोलमा वायर्नको फराकिलो जित

ज्ञानमाण्डू। जर्मन बुन्डेस लिगा फुटबल अन्तर्गत शनिवार भएको खेलमा वायर्नले १० खेलाडीमा सीमित हुँदै एफसी कोल्नविरुद्धको खेलामा फराकिलो अन्तरले जित निकाल्न सफल भएको छ । साबिक विजेता वायर्न म्युनिखले  एफसी कोल्नलाई ४-० ले पराजित गरेको हो । घरेलु मैदानमा वायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे । यस्तै फिलिपे कौटिन्हो र इभान पेरिसिचले एक एक गोल गरे ।

खेलको तेस्रो मिनेटमा गोल गर्दै रोबर्टो लेवान्डोस्कीले घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको वायर्नले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो ।

खेलको ४८ औँ मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई २–० गोलको अग्रता दिलाए । यस्तै फिलिपे कौटिन्होले खेलको ६२ औँ मिनेटमा वायर्नका लागि तेस्रो गोल गरे । खेलको ७३ औँ मिनेटमा इभान पेरिसिचले एक गोल गर्दै वायर्नका लागि ४–० गोलको सहज जित निकाले ।

जितसँगै वायर्न पाँच खेलबाट ११ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । पराजित कोल्नको पाँच खेलबाट ३ अङ्क रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x