धितोपत्र बजारमा ५४.१२ अंकको वृद्धि, नेप्से परिसूचक २८५७.७५ को विन्दुमा

 
ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५४ दशमलव १२ अंकले बढेर २८५७ दशमलव ७५ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ८ दशमलव ९४ अंकले बढेर ५३० दशमलव ८३ को विन्दुमा पुगेको छ ।

 

आज कूल २२४ कम्पनीका १ करोड १८ लाख ३४ हजार २१६ कित्ता शेयर रु ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५६७ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये एक उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ उपसमूह ९ दशमलव ८७ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह ८३ दशमलव ४५ अङ्कले, होटल तथा पर्यटन उपसमूह ३५.६९ अङ्कले, विकास बैंक उपसमूह १४७.६५ अङ्कले, जलविद्युत उपसमूह १५८.४७ अङ्कले, वित्त उपसमूह ९२.५९ अङ्कले, निर्जीवन बीमा २८८.५६ अङ्कले, उत्पादन उपसमूह १२७.३३ अङ्कले, लघुवित्त उपसमूह १७४.३४ अङ्कले, जीवन बीमा उपसमूह ३४९.६१ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव १५ अङ्कले र लगानी उपसमूह ३ दशमलव ०५ अङ्कले बढेको छ। यता, अन्य उपसमूह ३.४१ अङ्कले घटेको छ।

 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x