
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार जेठ ५ गते, विहीबारका दिन छापावाला सुनको मूल्य तोलाको ९६ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो कारोबारी दिन अर्थात बुधबार जेठ ४ गतेका दिन, छापावाला सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
विहीबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन बुधबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ५ रुपैयाँले बढेको देख्न सकिन्छ ।