ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार माघ ५ गते, बुधबारका दिन छापावाला सुनको मूल्य तोलाको ९२ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ तोकिएको छ ।
अघिल्लो कारोबारी दिन अर्थात मङ्गलबार माघ ४ गतेका दिन, छापावाला सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन मङ्गलबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ३० रुपैयाँले बढेको देख्न सकिन्छ ।