निफ्राको नाफा ४४ करोड माथि, नाफामा २५.६६ प्रतिशतको वृद्धि | NIFRA

nifra

ज्ञानमाण्डू। नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कको नाफा २५.६६ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को दाेस्राे त्रैमास सम्ममा बैङ्कले ३५ कराेड २२ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को दाेस्राे त्रैमास सम्ममा बैंकले ४४ कराेड २६ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

२० अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैङ्ककाे निक्षेप तथा सापटी १ अर्ब ११ कराेड रुपैयाँ र कर्जा लगानी ८ अर्ब १३ कराेड रुपैयाँ रहेकाे छ भने जगेडा कोषमा २ अर्रब ८४ करोड रुपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ४४.६१ प्रतिशतले बढेर ८२ करोड ३५ लाख रुपैयाँ पुगेकाे छ । त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा ३४ कराेड ८६ लाख रुपैयाँ रहेकाे छ ।

बैंककाे प्रतिशेयर आम्दानी ४ रुपैयाँ ४३ पैसा छ भने प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ २२ पैसा र पछिल्लाे काराेबार मूल्य रू ३६८ काे आधारमा मूल्य आम्दानी अनुपात ८३.०६ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x