साधना लघुवित्तकाे नाफा ९ करोड २२ लाख ५ हजार


ज्ञानमाण्डू। आ.व. २०७७/७८ को तेस्राे त्रैमास सम्ममा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ कराेड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को तेस्राे त्रैमास सम्ममा लघुवित्तले ९ कराेड २२ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

३२ करोड १२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको साधना लघुवित्तले ५ अर्ब ४० करोड ७१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, साधना लघुवित्तले ३ अर्ब ७८ करोड १६ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा १५ करोड २७ लाख रुपैयाँ रहेको छ।

साधना लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३७.२१ प्रतिशतले बढेर २१ करोड ८९ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात १.८६ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x