रिलायन्स लाइफ इन्स्योरेन्सको नाफामा ३१.३२ प्रतिशतकाे वृद्धि, प्रतिशेयर आम्दानी कति ? | Reliance Life Insurance


ज्ञानमाण्डू। रिलायन्स लाइफ इन्स्याेरेन्सको नाफा ३१.३२ प्रतिशतले वृद्धि भएको छ । आ.व. २०७७/७८ को दोस्रो त्रैमास सम्ममा कम्पनीले ५ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा कम्पनीले ७ करोड ६० लाख रुपैयाँ नाफा कमाएको देखिन्छ । एक्चुरी मूल्याङ्कन पछि भने कम्पनीको नाफा वृद्धि हुने गरेको छ ।

२ अर्ब १० कराेड रुपैयाँ चुक्ता पुँजी रहेको रिलायन्स लाइफ इन्स्याेरेन्सको खुद बीमा शुल्क आर्जन २२.२८ प्रतिशतले वृद्धि भएर १ अर्ब १० करोड रुपैयाँबाट १ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीको जीवन बीमा कोष ८७.२६ प्रतिशतले वृद्धि भएर ३ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा १८ करोड १७ लाख रुपैयाँ र महाविपत्ति कोषमा ३ करोड २४ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले बीमा लेख संख्या ८३ लाख ९१ हजारबाट बढाएर १६ कराेड ९६ लाख पुर्याएको छ भने बीमा व्यवसाय भित्र्याउने अभिकर्तालाई २३ करोड ७७ लाख रुपैयाँ कमिसन प्रदान गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ २४ पैसा छ भने प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ २० पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x