नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर सूचीकृत


ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा बुधबार नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कुल ३० लाख ८२ हजार ६ सय २६.५३ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।



नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १० प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ वितरण गरेको थियो । कम्पनीको सोहि बोनस शेयर नेप्सेमा बुधबार सूचीकृत भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x