सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडका संस्थापक शेयरधनीले ११ लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका एक जना संस्थापक शेयरधनीले शेयर बिक्री गर्न लागेका हुन् । बिक्री हुन लागेको सो शेयरको न्यूनतम मूल्य रु. १३५ प्रति कित्ता रहेको छ ।
यसमा २०्८०/०२/१७ देखि सार्वजनिक सूचना प्रकाशित गरी संस्थापक शेयरधनीहरुलाई शेयर खरिद गर्न प्राथमिकता दिएको तर उक्त समयभित्र संस्थापक शेयर खरिद सम्बन्धी कुनै पनि लिखित जानकारी नआएको हुँदा नियमानुसार उक्त संस्थापक बाहेकका अन्य इच्छुक सर्वसाधारणले असार २० गतेदेखि ३५ दिन भित्र बैङ्कको केन्द्रीय कार्यालय, नारायणहिटी पथमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ ।
संस्थापक शेयर बिक्री गर्दै सिटिजन्स बैङ्क इन्टरनेसनल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
