संस्थापक शेयर बिक्री गर्दै आइ.सि.एफ.सि फाइनान्स

आइ.सि.एफ.सि फाइनान्स लिमिटेडका संस्थापक शेयरधनीहरुले संस्थापक शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका केही संस्थापक शेयरधनीहरुले शेयर बिक्री गर्न लागेका हुन् ।

यसमा २७ असारदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने सो कम्पनीले जानकारी दिएको छ । कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् ।

शेयर खरिद गर्न इच्छुक संस्थापकले २७ असारबाट सो संस्थाको प्रधान कार्यालय, भाटभटेनी, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर बिक्री खुला गर्ने सो कम्पनीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
100.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x