कृषि विकास बैङ्क लिमिटेडले यही चैत्र १४ गते (आज) १६ औँ वार्षिक साधारण सभा गर्दै छ। बैङ्कले साधारण सभा कृषि विकास बैङ्क लिमिटेडको केन्द्रीय तालिम प्रतिष्ठान बाेडे, भक्तपुरमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व २०७८/०७९ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने, आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गर्ने छ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम साधारण शेयरको चुक्ता पुँजीमा बोनस प्रदान गर्दा बोनस शेयरमा लाग्ने कर प्रयोजन समेत गरी प्रति शेयर ११ प्रतिशत नगद लाभांश र अविमाेच्य असचिति अग्राधिकार (Non Convertible Irredeemable Preference Share) शेयर धनीलाई चुक्ता पुँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै सो सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम साधारण शेयरधनीहरुलाई साधारण चुक्ता पुँजीको २ प्रतिशतका दरले हुन आउने रकम बराबरको बोनस शेयर प्रदान गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।
कृषि विकास बैङ्कले १६ औँ वार्षिक साधारण सभा गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%