आइ.सि.एफ.सि फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८० साल मङ्सिर २२ गते, शुक्रवार बसेको सञ्चालक समितिको ३२० औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७९/०८० को मुनाफाबाट कायम चुक्ता पुँजीको ६.५० प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७९/०८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ६.५० प्रतिशतले हुन आउने रकम बराबरको नगद (कर प्रयोजनार्थ समेत) लाभांश स्वरूप आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने आइ.सि.एफ.सि फाइनान्स लिमिटेडले जानकारी दिएको छ ।
प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा आइ.सि.एफ.सि फाइनान्स लिमिटेडले चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ५ प्रतिशतले हुन आउने नगद लाभांश आफ्ना शेयर धनीहरूलाई वितरण गरेको थियो ।
Click here to view the notice.
आइ.सि.एफ.सि फाइनान्सको लाभांश प्रस्ताव, कति दिँदै छ नगद ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
