राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र असोज २९ गतेदेखि निष्कासन गर्ने भएको छ। बैङ्कले ‘आरबीबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो।
बैङ्कले प्रतिइकाई १ हजार रुपैयाँ अङ्कित दरका कुल ३० लाख इकाई ऋणपत्र जारी गर्नेछ। त्यसमध्ये १८ लाख इकाई व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिनेछ।
सार्वजनिक निष्कासनतर्फको १२ लाख इकाई मध्ये ५ प्रतिशत अर्थात् ६० हजार इकाई सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ। बाँकी ११ लाख ४० हजार इकाई सर्वसाधारणलाई बिक्री गरिनेछ।
ऋणपत्रमा आवेदन दिन इच्छुक लगानीकर्ताले नेपाल धितो पत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। यस्तै, सीडीएस एन्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’मार्फत पनि आवेदन दिन सकिनेछ।
ऋणपत्रको निष्कासन छिटोमा कात्तिक १० गते र ढिलोमा कात्तिक १२ गते बैङ्किङ समयपछि बन्द हुनेछ। ७ वर्ष अवधिको उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक ६ प्रतिशत ब्याज प्राप्त गर्नेछन्। ऋणपत्रको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।
राष्ट्रिय वाणिज्य बैङ्कले असोज २९ गतेदेखि ३ अर्बको ऋणपत्र निष्कासन गर्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
