गुराँस लघुवित्तले घोषणा गर्‍यो १० प्रतिशत लाभांश


गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि शेयर धनीलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

संस्थाको आज बिहान बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी १३ करोड २३ लाख ५८ हजार ५३.७५ रुपैयाँको १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांशमा ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश रहेको छ।

संस्थाका अनुसार ९.५ प्रतिशत बोनस सेयरबापत १ करोड २५ लाख ७४ हजार १५.११ रुपैयाँ र ०.५ प्रतिशत नगद लाभांशबापत ६ लाख ६१ हजार ७९०.२७ रुपैयाँ वितरण हुनेछ।

सञ्चालक समितिबाट प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभामा पेस गरिनेछ। साधारण सभाबाट प्रस्ताव पारित भएपछि मात्रै शेयर धनीलाई लाभांश वितरण गरिने संस्थाले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x