
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहअन्तर्गतको १० हजार ९१३ कित्ता शेयर बिक्रीका लागि खुला गरेको छ।
संस्थाले हाल उक्त शेयर खरिदमा विद्यमान संस्थापक शेयरधनीलाई मात्रै प्राथमिकता दिएको जनाएको छ। शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित काभ्रेको बनेपास्थित संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन्।
संस्थाका अनुसार तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन प्राप्त नभएमा बाँकी शेयर अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गर्ने प्रक्रिया अघि बढाइनेछ।
स्वरोजगार लघुवित्तको संस्थापक शेयर बिक्रीमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
