
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य सञ्चित मुनाफाबाट सेयरधनीलाई कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
भदौ २८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको ६ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित नगद लाभांशमा बोनस सेयर वितरणका लागि लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ।
बैंकको सञ्चालक समितिबाट प्रस्तावित लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभामा लाभांशसम्बन्धी प्रस्ताव पेस गरिनेछ।
साधारणसभाबाट प्रस्ताव अनुमोदन भएपछि मात्रै सेयरधनीले बोनस सेयर र नगद लाभांश प्राप्त गर्नेछन्। ६ प्रतिशत बोनस सेयर वितरणपछि बैंकको चुक्तापुँजी वृद्धि हुनेछ भने १० प्रतिशत नगद लाभांश सेयरधनीका लागि प्रत्यक्ष प्रतिफल हुनेछ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कले १६ प्रतिशत लाभांश दिने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
