७ हजार २७७ कित्ता संस्थापक शेयर बिक्री गर्दै महालक्ष्मी विकास बैङ्क



महालक्ष्मी विकास बैङ्क लिमिटेडका संस्थापक शेयरधनीहरुले ७ हजार २७७ कित्ता शेयर बिक्री गर्ने भएको छन् । बैङ्कका एक जना संस्थापक शेयरधनीले शेयर बिक्री गर्न लागेका हुन् ।

यसमा १० वैशाखदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने सो बैङ्कले जानकारी दिएको छ । बैङ्कका विद्यमान संस्थापक शेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् ।

शेयर खरिद गर्न इच्छुक संस्थापकले १० वैशाखबाट महालक्ष्मी विकास बैङ्क लिमिटेडको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर बिक्री खुला गर्ने बैङ्कले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x