
साङ्ग्रिला डेभलपमेन्ट बैङ्कले संस्थापक समूह अन्तर्गत ६ हजार ५४० कित्ता शेयर बिक्रीमा राखेको छ। उक्त शेयर एक संस्थापक शेयरधनीको नाममा रहेको बैङ्कले जनाएको छ।
बैङ्कको अनुसार शेयर खरिदमा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिइनेछ। इच्छुक संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।
शेयर खरिदका लागि आवेदन दिँदा कति कित्ता खरिद गर्ने हो स्पष्ट उल्लेख गरी काठमाडौँको बालुवाटारस्थित बैङ्कको केन्द्रीय कार्यालयमा निवेदन बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
साङ्ग्रिला डेभलपमेन्ट बैङ्कको ६ हजार ५४० कित्ता संस्थापक शेयर बिक्रीमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
