मातृभूमि लघुवित्तले एफपीओ पछि शतप्रतिशत हकप्रद शेयर जारी गर्ने

मातृभूमि लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ) सम्पन्न गरेपछि शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव अघि सारेको छ। उक्त प्रस्ताव अनुमोदन गर्न कम्पनीले असार ३२ गते बिहान १० बजे कैलालीको लम्की स्थित केन्द्रीय कार्यालयमा सातौँ वार्षिक साधारण सभा आह्वान गरेको छ।

सभामा एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नुका साथै त्यसपछि कायम हुने चुक्ता पुँजी बराबरको शतप्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्तावमाथि छलफल हुनेछ। साथै अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिशनको प्रक्रिया अघि बढाउन तथा आवश्यकताअनुसार प्रबन्ध पत्र र नियमावली संशोधन गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा समावेश गरिएको छ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असार २३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार असार २२ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई नाम कायम भएका शेयरधनीले मात्र साधारण सभामा सहभागी हुन पाउनेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x