नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीबाट ३५ अर्ब तरलता तान्दै


नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आइतबार ३५ अर्ब रुपैयाँ तान्ने भएको छ। केन्द्रीय बैङ्कले निक्षेप सङ्कलन उपकरण प्रयोग गर्दै उक्त रकम बैङ्क तथा वित्तीय संस्थाबाट उठाउन लागेको हो।

राष्ट्र बैङ्कका अनुसार आइतबार दिउँसो ३ बजे अनलाइन प्रणालीमार्फत मात्र बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ। सहभागी बैङ्क तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको कुल रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप सङ्कलन ब्याजदरमा आधारित हुनेछ भने बहु ब्याजदरमा पनि बहु बोलकबोल गर्न पाइने व्यवस्था गरिएको छ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।

१० दिन अवधिको उक्त निक्षेप सङ्कलन उपकरणको साँवा तथा ब्याज आगामी पुस ९ गते भुक्तानी गरिने राष्ट्र बैङ्कले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x