सुनको मूल्यमा प्रतितोला १ हजार ५०० रुपैयाँको गिरावट


नेपाली बजारमा बुधवार सुनको मूल्यमा गिरावट आएको छ। आज सुनको भाउ प्रतितोला १ हजार ५०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधवार सुन प्रतितोला ३ लाख ४०० रुपैयाँमा कारोबार भएको छ। हिजो मङ्गलवार सुन तोलामा ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ५ रुपैयाँले घट्दै ४ हजार ८८० रुपैयाँमा कायम भएको व्यवसायी महासङ्घले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

Leave a Comment

Banking Notices

ad x