
नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ। आज सुनको भाउ प्रतितोला १८ हजार ८०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार सुन प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भएको छ। गत शुक्रवार सुन तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १ हजार ५६५ रुपैयाँले घट्दै ५ हजार ५०० रुपैयाँमा कायम भएको व्यवसायी महासङ्घले जनाएको छ।
सुनको मूल्यमा प्रतितोला १८ हजार ८०० रुपैयाँको गिरावट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
