काठमाडौँ र कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधवार अदुवा प्रतिकेजी ३५ रुपैयाँ, अनार ३७५ रुपैयाँ, अमला ६५ रुपैयाँ, अम्बा १७५ रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ८२ रुपैयाँ, रातो आलु भारतीयलाई ५० रुपैयाँ ८० पैसा, सेतो आलु ६२ रुपैयाँ ५० पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा, उखु प्रतिगोटा ७५ रुपैयाँ, स्थानीय काउली ४५ रुपैयाँ, लोकल काँक्रो ८५ रुपैयाँ, हाइब्रिड काँक्रो ४६ रुपैयाँ ६७ पैसा रहेको जनाएको छ ।
त्यस्तै, कागती १५० रुपैयाँ, किवी २२५ रुपैयाँ, केरा प्रतिदर्जन १२६ रुपैयाँ ६७ पैसा, अकबरे खुर्सानी ११३ रुपैयाँ ३३ पैसा, सुकेको खुर्सानी ४१० रुपैयाँ, लोकल गाजर १२५ रुपैयाँ, गुन्द्रुक ३२५ रुपैयाँ, नेपाली ठुलो गोलभेँडा ७६ रुपैयाँ ६७ पैसा टनेल गोलभेँडा ३५ रुपैयाँ, राजमा घिउ सिमी ९५ रुपैयाँ, घिरौँला ७६ रुपैयाँ ६७ पैसा, चमसूरको साग १३५ रुपैयाँ र चिचिन्डो ३५ रुपैयाँ रहेको छ ।
यसै गरी चुकन्दर प्रतिकेजी ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १३४ रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, सुकेको छ्यापी २१० रुपैयाँ, जुनार २३५ रुपैयाँ, टाटे सिमी १३० रुपैयाँ, तरुल ९३ रुपैयाँ ३३ पैसा, बचुवा र छडी माछा २४५ रुपैयाँ, मुंगरी माछा २४० रुपैयाँ, तितो करेला ७५ रुपैयाँ, तोफु ११६ रुपैयाँ ६७ पैसा, तोरीको साग ५६ रुपैयाँ ६७ पैसा, चाइनिज नासपती २३५ रुपैयाँ, निबुवा ४६ रुपैयाँ ६७ पैसा, पिँडालु र परवल ५५ रुपैयाँ, बकुला ११६ रुपैयाँ ६७ पैसा, बरेला ५६ रुपैयाँ ६७ पैसा, तने बोडी ८६ रुपैयाँ, ब्रोकाउली ११० रुपैयाँ, डल्लो भन्टा ६५ रुपैयाँ, भिण्डी ६५ रुपैयाँ, भेडे खुर्सानी १४५ रुपैयाँ, मकै बोडी ६६ रुपैयाँ ६७ पैसा, मेथीको साग १४० रुपैयाँ, रातो बन्दा १६५ रुपैयाँ, लौका ६५ रुपैयाँ, सखरखण्ड ५५ रुपैयाँ, सेलरी ३२५ रुपैयाँ, सौफको साग १३५ रुपैयाँ, ज्यापु काउली ६६ रुपैयाँ ६७ पैसा, फूजी स्याउ २६५ रुपैयाँ र हरियो धनियाँ १७५ रुपैयाँ रहेको छ ।
आजको फलफूल तथा तरकारी मूल्य
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
