धितोपत्र बजारमा ८.९० अंकको वृद्धि, नेप्से परिसूचक २२७४.४२ को विन्दुमा | NEPSE


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक एकल अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८ दशमलव ९० अंकले बढेर २२७४ दशमलव ४२ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक २ दशमलव ४१ अंकले बढेर ४४१ दशमलव ०९ को विन्दुमा पुगेको छ ।


आज कूल २२७ कम्पनीका ३१ लाख ५६ हजार ९१३ कित्ता शेयर रु १ अर्ब ३२ करोड ६३ लाख २० हजार ३४६ मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूह मध्य पाँच उपसमूहको शेयर ओरालो लागेका छन् । बैंकिङ उपसमूह ३ दशमलव ६६ अङ्कले बढ्दा होटल तथा पर्यटन उपसमूह ८ दशमलव ६२ अङ्कले, विकास बैंक उपसमूह ५५.५५ अङ्कले, जलविद्युत उपसमूह ५३.३१ अङ्कले, वित्त उपसमूह १८.७३ अङ्कले, अन्य उपसमूह १३.०३ अङ्कले, लघुवित्त उपसमूह शुन्य दशमलव ५७ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ४९ अङ्कले बढेका छन् । यता, ट्रेडिङ उपसमूह ३ दशमलव ८१ अङ्कले, निर्जीवन बीमा ४०.७६ अङ्कले, उत्पादन उपसमूह २६.२७ अङ्कले,जीवन बीमा उपसमूह ९८.९१ अङ्कले र सामूहिक लागनी कोष शुन्य दशमलव ०४ अङ्कले घटेकाे छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x