
भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनः स्थापनाका लागि सनि सेक्युरिटिज लिमिटेड (ब्रोकर नं. ४२) ले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
सेक्युरिटिजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो। रसुवाको भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको बाढीका कारण ठुलो मानवीय तथा भौतिक क्षति भएको भन्दै प्रभावितको राहत र पुनः स्थापनामा सहयोग गर्ने उद्देश्यले आर्थिक सहायता प्रदान गरिएको कम्पनीले जनाएको छ।
विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको पीडामा साथ दिन तथा राहत कार्यलाई प्रभावकारी बनाउन आफ्नो सहयोगले योगदान पुग्ने कम्पनीको विश्वास छ।
यसैबिच, बाढीमा परी ज्यान गुमाएकाहरूप्रति सनि सेक्युरिटिजले श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।
भोटेकोशी बाढीपीडितका लागि सनि सेक्युरिटिजले गर्यो १० लाख सहयोग
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
