नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, नागरिक लगानी कोष शाखामा नयाँ कार्यसमिति चयन भएको छ । राजधानीमा आयोजित तेस्रो केन्द्रीय अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको अध्यक्षमा अच्युतम् पौडेल, उपाध्यक्षमा शान्ता ढुङ्गाना, महासचिवमा सूर्यप्रसाद दाहाल, उपमहासचिवमा अनिल बस्नेत र कोषाध्यक्षमा बिमलेश यादव चयन हुनुभएको छ । यसै गरी सदस्यहरूमा प्रदीप अधिकारी, सल्यान केसी, निशा खतिवडा, रविन विक र प्रकाश गौतम रहनुभएको छ ।
महिला संयोजकमा मिनाक्षी पन्त र युवा संयोजकमा नरेन्द्र सुनार चयन हुनुभएको छ । अधिवेशनको उद्घाटन नेपाली काँग्रेसका सह–महामन्त्री तथा सांसद बद्री पाण्डे र नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले गर्नुभएको थियो ।
वित्तीय संस्था कर्मचारी सङ्घमा नयाँ नेतृत्व

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en