
हाल देशभरि पश्चिमी वायु प्रणालीसँगै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यो प्रणालीले देशका विभिन्न भू-भागमा मौसम परिवर्तन ल्याउने सङ्केत दिएको छ।
आज दिउँसो देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भागमा आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ। विशेष गरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च भू-भागमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुनसक्ने देखिएको छ। यसका साथै लुम्बिनी प्रदेशको केही तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ।
रातिको समयतिर देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली कायमै रहनेछ भने अन्य भू-भागमा मौसम सामान्य रहने अपेक्षा गरिएको छ। रात तिर पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही उच्च भू-भागमा चट्याङसहितको हल्कादेखि मध्यम वर्षा हुन सक्ने देखिएको छ।
पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
