प्राइम सिए को २१औँ वार्षिक उत्सव तथा विद्यार्थी सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न

सन् २००४ सालमा स्थापना भई सिएको सबै तहको तयारी कक्षा सञ्चालन गर्ने नेपालकै पहिलो तथा अग्रणी संस्था प्राइम सिएले आफ्नो एक्काइसौँ वार्षिक उत्सव तथा विद्यार्थी सम्मान कार्यक्रम भव्य र उल्लासपूर्ण तरिकाले सम्पन्न गरेको छ । कार्यक्रममा प्राइम मा अध्ययन गरी २०२४ सालमा सिए बन्न सफल हुनुभएका विद्यार्थीहरू, च्बलपजयमिभच विद्यार्थीहरू, अन्य कलेजका प्राचार्यहरू तथा बोर्डका विशिष्ट सदस्यहरूको समुपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै संस्थाको अध्यक्ष सिए नवराज बुर्लाकोटीले प्राइम सिएले आफ्नो २१ वर्षे यात्रामा विद्यार्थीहरूको निरन्तर मेहनत र विश्वास, अभिभावकहरूको सहयोग, योग्य कर्मचारीहरू, दक्ष तथा अनुभवी शिक्षक समूहको योगदानबाट सिएको प्रत्येक तहमा प्राइम सिए का विद्यार्थीहरूले सर्वोत्कृष्ट नतिजा हासिल गरेको र ११००+ विद्यार्थीहरू सिए बन्न सफल भएको बताउँदै सम्पूर्णमा आभार व्यक्त गर्नुभयो । त्यसै गरी सन् २०२४ मा नेपाल बोर्डबाट सिए हुने ११९ जना मध्य ७९ जना प्राइमको विद्यार्थी रहेको जानकारी गराउनुभयो ।

कार्यक्रमको मुख्य आकर्षणको रूपमा प्राइममा अध्ययन गरी सन् २०२४ मा सिए उत्तीर्ण हुनुभएका विद्यार्थीहरू तथा २०२४ सालमा प्रत्येक तहमा च्बलपजयमिभच बन्न सफल हुनुभएका विद्यार्थी भाइबहिनीहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो । सम्मानित विद्यार्थीहरूले मन्तव्य दिँदै प्राइम सिएको उच्चस्तरीय शैक्षिक वातावरण, गुणस्तरीय पाठ्यसामग्री, गुणस्तरीय शिक्षा, दक्ष व्यवस्थापन, अनुभवी तथा खारिएका स्रोत व्यक्तिहरूको सही मार्गदर्शनले आफूलाई लक्ष्य प्राप्त गर्न सहज भएको बताए ।

प्राइम सिएले आफ्नो २१ औँ वार्षिक उत्सवको अवसरमा सिए पढ्न चाहने मेहनती, क्षमतावान् विद्यार्थीहरूलाई १००% सम्म छात्रवृत्तिको व्यवस्था पनि गरेको छ र आगामी दिनहरूमा विद्यार्थीहरूको शैक्षिक, व्यावसायिक तथा नेतृत्व विकासका लागि अझ नवीनतम शिक्षण सिकाई कार्यक्रमहरू, मूल्याङ्कन पद्धतिहरू, तालिम तथा सेमिनारहरू, फरक फरक क्षेत्रका विज्ञहरूद्वारा अतिथि कक्षाहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x