वित्तीय सुशासन कायम गर्न क्षमता अभिवृद्धि

नेपालगन्ज उपमहानगरपालिकाले सहकारीमा वित्तीय सुशासन कायम गर्ने उद्देश्यले सहकारी लेखापालन तालिम दिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको सहकारी शाखाद्वारा सात दिने तालिम दिइएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाको नियमन क्षेत्रभित्रका ४० वटा सहकारीका ४० जना लेखा कर्मचारीलाई तालिम प्रदान गरिएको सहकारी शाखा प्रमुख प्रवीण रानाले बताउनुभयो ।

आज यहाँ तालिमको समापन कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले आर्थिक कारोबारमा अभिलेख चुस्त दुरुस्त हुनुपर्ने भन्दै राम्रो काम गर्नेलाई सम्मान र हिनामिनासहितको गलत गर्नेलाई कारबाहीको दायरामा ल्याइने बताउनुभयो । उहाँले सहकारी सुधारका लागि अनुगमनलाई प्रभावकारी बनाइने जानकारी गराउनुभयो ।

उपमहानगरपालिकाका आर्थिक विकास समिति संयोजक गोपाल पुनले सहकारीको लेखा पाटोलाई व्यवस्थित बनाउन तालिम लाभदायी हुने विश्वास व्यक्त गर्दै तालिमले आत्मबल बढाउने बताउनुभयो । पुनले सहकारी राज्यको अर्थतन्त्रको महत्त्वपूर्ण खम्बा भएकाले यसप्रति जनविश्वास बढ्ने गरी काम गर्न जरुरी रहेकामा जोड दिनुभयो ।

जिल्ला सहकारी सङ्घका प्रबन्ध सञ्चालक एवं तालिमका प्रशिक्षक नवराज उपाध्यायले संस्थागत सुशासनका लागि सञ्चालित तालिम महत्त्वपूर्ण कदम भएको बताउनुभयो । त्यस अवसरमा प्रशिक्षार्थी श्रीराम पाल र चन्द्रा आचार्यले तालिम फलदायी भएको बताउँदै लेखा चुस्त दुरुस्त राख्न अझ सहज हुने सुनाउनुभयो ।

सहकारीको वित्तीय सुशासन कायम गर्ने, पछिल्लो समय गुम्दै गएको सहकारीप्रतिको विश्वास पुनः जागृत गर्ने, लेखा व्यवस्थित राख्न सहयोग गर्ने तथा नयाँ सहकारीलाई लेखा व्यवस्थापनसम्बन्धी आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको सहकारी शाखा प्रमुख रानाले बताउनुभयो ।

तालिममा उपमहानगरपालिकाका लेखा अधिकृत राजनकुमार केसी, सहकारी शाखा प्रमुख राना, जिल्ला सहकारी सङ्घ बाँकेका प्रबन्ध सञ्चालक उपाध्याय नेफ्स्कुन बाँकेका कार्यालय प्रमुख छत्रप्रसाद धमलाले प्रशिक्षण दिनुभएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x