विद्यार्थीका लागि सदरमुकाम चरिकोटका माध्यमिक विद्यालय तहका विद्यालयमा हिजोआज पढाइसँगै व्यावहारिक सीपका कारण उनीहरूको दैनिकी फेरिएको छ ।
भीमेश्वर नगरपालिकाका करिब तीन हजार पाँच सय विद्यार्थी अहिले व्यावहारिक सीप प्रशिक्षणमा सहभागी छन् । विद्यालय समयपछिको अवधिमा सञ्चालित व्यावहारिक सीप प्रशिक्षण निकै उपलब्धिमूलक रहेको सहभागी विद्यार्थीको भनाइ छ ।
नगरपालिकाको सहकार्यमा कोच नेपालले सुरु गरेको यो प्रशिक्षण मुख्यतः तीन विषयमा केन्द्रित रहने जनाइएको छ । यही फागुन २० गतेदेखि सुरु भएको सो प्रशिक्षण आगामी चैत २ गतेसम्म चल्ने छ । आयोजक कोच नेपालका संयोजक सिमोन खत्रीले भन्नुभयो, “प्रशिक्षणमा मुख्यतः तीन विषय विपद्, आत्मरक्षा र प्राथमिक उपचारका सम्बन्धमा प्रशिक्षित गरिने छ ।”
कोच नेपालका संयोजक एवं प्रशिक्षक सिमोन खत्रीका अनुसार विपद्अन्तर्गत घरमा हुने ग्यास सिलिन्डर विस्फोट, आगलागी, भूकम्प, बाढी पहिरो, चट्याङजस्ता प्राकृतिक प्रकोपका घटनामा अपनाउनुपर्ने सतर्कता, उद्धारलगायत विषयमा प्रशिक्षण गरिने छ । आत्मरक्षामा आफ्नो सुरक्षाका लागि गर्नुपर्ने उपायका बारेमा र प्राथमिक उपचारमा विभिन्न दुर्घटना, प्राकृतिक प्रकोप, आकस्मिक स्वास्थ्य समस्याको अवधिमा गर्नुपर्ने प्राथमिक उपचारका बारेमा प्रशिक्षण गरिने छ ।
विद्यालय स्तरमै विपद् व्यवस्थापनको विषयमा जानकारी दिँदा घरमा हुने विपद्जन्य घटना न्यूनीकरणमा सहयोग पुग्ने र प्राथमिक उपचारको विषयमा विद्यार्थीलाई सीप प्राप्त हुने विश्वासका साथ कोच नेपालसँगको सहकार्यमा प्रशिक्षण तथा तालिम कार्यक्रम आयोजना गरिएको नगरपालिकाका नगरप्रमुख ईश्वरनारायण मानन्धरले बताउनुभयो ।
व्यावहारिक सीप प्रशिक्षण नगरपालिकाका नौ वटा वडाका १२ विद्यालयमा सञ्चालन भइरहेको र त्यसमा कक्षा ८, ९ र १० का विद्यार्थी सहभागी रहेको संयोजक खत्रीले बताउनुभयो ।
कोच नेपालले विगत दुई वर्षअघिदेखि सो नगरपालिकाभित्रका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीलाई आत्मरक्षा, विपद् व्यवस्थापन र प्राथमिक उपचारको व्यावहारिक सीप सिकाउँदै आएको र दोलखाका अन्य विद्यालयमा पनि यस्ता प्रशिक्षण तथा तालिम कार्यक्रम सञ्चालन गरिने संयोजक खत्रीको भनाइ छ ।
कोच नेपालले दुई वर्षको अवधिमा दोलखाका अलवा काठमाडौँ, ललितपुर र भक्तपुरका सामुदायिक तथा निजी विद्यालयमा व्यावहारिक सीप प्रशिक्षण सञ्चालन गरेको संयोजक खत्रीले जानकारी दिनुभयो । दुई वर्षको अवधिमा उपत्यका र दोलखाका झन्डै ८२ विद्यालयका पाँच हजारभन्दा बढी विद्यार्थीलाई व्यावहारिक सीपअन्तर्गत विपद्, आत्मरक्षा र प्राथमिक उपचारका विषयमा प्रशिक्षण गराएको संयोजक खत्रीले बताउनुभयो ।
विद्यार्थीको फेरिएको दैनिकी : पढाइसँगै व्यावहारिक सीप
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en