एभरेस्ट कलेज, थापाथलीले आगामी २०८१ फाल्गुन ९ गते शुक्रबार आफ्नै प्राङ्गणमा भव्य एभरेस्ट कार्निभल महोत्सव २०८१ आयोजना गर्ने भएको छ। विद्यार्थीहरूकै सक्रिय सहभागितामा सञ्चालन हुने यस महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, खेलकूद प्रतियोगिता, फुड फेस्टिभल तथा मनोरञ्जनात्मक गतिविधिहरू हुनेछन्।

यस उत्सवमा सहभागी भाग्यमानी विजेताहरूलाई विशेष उपहार र पुरस्कारको समेत व्यवस्था गरिएको छ। बिहान ९ बजेपछि सुरु हुने कार्यक्रम कलेज परिसरमै हुनेछ, जहाँ विद्यार्थीहरूले रमाइलो गर्ने अवसर पाउनेछन्।
एभरेस्ट कलेजका विद्यार्थीहरूद्वारा आयोजित यस कार्निभलले विद्यार्थीहरूको प्रतिभा प्रदर्शन गर्ने साथै मनोरञ्जन प्रदान गर्ने लक्ष्य लिएको छ। महोत्सवको माहोललाई थप आकर्षक बनाउन विभिन्न रोचक गतिविधिहरू समावेश गरिनेछ। कलेज प्रशासनले सबै विद्यार्थीहरूलाई यस विशेष अवसरमा सहभागी भई मनोरञ्जन लिन अनुरोध गरेको छ।
एभरेस्ट कार्निभल महोत्सव २०८१: मनोरञ्जन र उत्साहको संगम
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0.00%
0.00%
0.00%
100.00%
0.00%
0.00%
