प्राइम सिए को २२औँ वार्षिक उत्सव तथा विद्यार्थी सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

२००४ सालमा स्थापना भई सिएको सबै तहको तयारी कक्षा सञ्चालन गर्ने नेपालकै पहिलो तथा अग्रणी संस्था प्राइम सिएले आफ्नो बाइसौँ वार्षिक उत्सव एवं विद्यार्थी सम्मान कार्यक्रम भव्य र उल्लासपूर्ण तरिकाले सम्पन्न गरेको छ । कार्यक्रममा प्राइम सिएमा अध्ययन गरी सन २०२५ मा सिए बन्न सफल हुनुभएका विद्यार्थीहरू, Rankholder विद्यार्थीहरू, अन्य कलेजका प्राचार्यहरू तथा बोर्डका विशिष्ट सदस्यहरूको समुप स्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष सिए नवराज बुर्लाकोटीले प्राइम सिएले आफ्नो २२ वर्षे यात्रामा विद्यार्थीहरूको निरन्तर मेहनत र विश्वास, अभिभावकहरूको सहयोग, योग्य कर्मचारीहरू, दक्ष तथा अनुभवी शिक्षक समूहको योगदानबाट सिएको प्रत्येक तहमा प्राइम सिएका विद्यार्थीहरूले सर्वोत्कृष्ट नतिजा हासिल गरेको र १२००+ विद्यार्थीहरू सिए बन्न सफल भएको बताउँदै सम्पूर्णमा आभार व्यक्त गर्नुभयो । त्यसै गरी सन् २०२५ मा नेपाल बोर्डबाट सिए हुने १८७ जनामध्ये १०४ जना प्राइमको विद्यार्थी रहेको जानकारी गराउनुभयो ।

कार्यक्रमको मुख्य आकर्षणको रूपमा प्राइम सिएमा अध्ययन गरी सन् २०२५ मा सिए उत्तीर्ण भएका विद्यार्थीहरू तथा सन २०२५ मा प्रत्येक तहमा Rankholder बन्न सफल भएका विद्यार्थी भाइबहिनीहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो । सम्मानित विद्यार्थीहरूले मन्तव्य दिँदै प्राइम सिएको उच्चस्तरीय शैक्षिक वातावरण, गुणस्तरीय पाठ्यसामग्री, दक्ष व्यवस्थापन, अनुभवी तथा खारिएका स्रोत व्यक्तिहरूको सही मार्गदर्शनले आफूलाई लक्ष्य प्राप्त गर्न सहज भएको बताए ।

यसै कममा संस्थाले आधुनिक सुविधा सम्पन्न आफ्नै भवन निर्माण गर्ने दीर्घकालीन योजना अनुरूप अहिले नयाँ बानेश्वर, काठमाडौँ र ग्वार्को, ललितपुरमा अन्तर्राष्ट्रिय स्तरको संरचना निर्माण कार्य भइरहेको र निकट भविष्यमा आफ्नै भवनबाट शैक्षिक गतिविधिहरू सञ्चालन गर्ने तयारी भइरहेको जानकारी पनि गराइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x