सुनको मूल्यमा वृद्धि, चाँदी तोलाको कति ?



ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चैत १७ गते, विहीबारका दिन छापावाला सुनको मूल्य तोलाको ९८ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय रुपैयाँ तोकिएको छ ।



 

अघिल्लो कारोबारी दिन अर्थात बुधबार चैत १६ गतेका दिन, छापावाला सुन प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

विहीबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले अाेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन बुधबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १० रुपैयाँले घटेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x