लुम्बिनी विकास बैङ्कको नाफामा ९०.८० प्रतिशतकाे वृद्धि, वितरण याेग्य मुनाफा कति ?

lumbini bikas bank

ज्ञानमाण्डू। लुम्बिनी विकास बैङ्कको नाफा ९०.८० प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को पहिलाे त्रैमास सम्ममा बैङ्कले ११ कराेड १७ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलाे त्रैमास सम्ममा बैंकले २१ कराेड ३१ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

२ अर्ब ९० करोड रुपैयाँ चुक्ता पुँजी रहेको लुम्बिनी विकास बैङ्कले ३६ अर्ब ५५ कराेड रुपैयाँ निक्षेप संकलन गरी ३२ अर्ब  ३९ कराेड रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा २ अर्ब १ करोड रुपैयाँ र संचित मुनाफा ५१ कराेड रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३३.७१ प्रतिशतले बढेर ३३ करोड ३६ लाख रुपैयाँ पुगेकाे छ । त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा ५१ कराेड १ लाख रुपैयाँ रहेकाे छ । 

बैंककाे निष्कृय कर्जा अनुपात १.३१ प्रतिशत र प्रतिशेयर आम्दानी २९ रुपैयाँ ३४ पैसा छ भने प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ५ पैसा र पछिल्लाे काराेबार मूल्य रू ५२७.१० काे आधारमा मूल्य आम्दानी अनुपात १७.९६ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x